बागमति प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौंडा । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गते आइतबारका लागि आह्वान गर्नु भएको छ ।

बागमति प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख प्रसाईं समक्ष सिफारिस गरेको थियो ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वानका लागि सिफारिस गरेपछि प्रदेश प्रमुखले जेठ १६ गते आह्वान गर्नु भएको बताउनु भयो ।

Back to top button