इटलीको उत्तरी क्षेत्रमा केबलकार दुर्घटनाग्रस्त, आठजनाको मृत्यु

काठमाडौं । इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी ताल नजिकै एउटा केबल कार दुर्घटना भएको छ । दुर्घटनामा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले जनाएका छन् ।

केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको हो भने दुई बालबालिकालाई गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ ।

स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।

Back to top button