नायक दिलिप रायमाझी र रमित ढुङ्गाना राहत बाड्दै पथरीको शरणार्थी शिविरमा

पथरी । नेपाली चलचित्रका नायकद्धय दिलिप रायमाझी र रमित ढुङ्गाना मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा आइपुग्नुभएको छ । उहाँहरुले शिविरका घर परिवारका लागि खाद्यन्न वितरण गर्नुभएको हो ।

इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट आएको राहत पुर्याउन नायकद्धय आफै पथरी आइपुग्नुभएको हो । यो फाउण्डेसन भने नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको समूहबाट गठन भएको संस्था हो ।

शिविरमा प्रति व्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले आफुहरुले खाद्यान्न वितरण गरेको रायमाझीले जानकारी दिनुभएको छ । यो संस्थाले गतवर्ष पनि राहात बितरण गरेको थियो ।

Back to top button