प्रदेश १ मा संक्रमितको संख्या बढ्दै

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणको संख्या दैनिक बढ्दै गएको छ । जिल्ला प्रशासनहरुले लगाएको निषेधाज्ञा प्रभावकारी कार्यान्वयन नहुनु र स्थानीय तहले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी आइसोलेसन सेन्टरमा व्यवस्थित रुपमा राख्न नसकेकाले यस प्रदेशमा कोरोना संक्रमणको चेन ब्रेक चुनौतिपूर्ण बनेको छ ।

यस प्रदेशमा आज मात्रै १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण पुष्टि भएकोसामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६७ महिला र ९२ पुरुष सहित १५९, सुन्दरहरैचामा ५०, बेलबारीमा ४१, रतुवामाईमा ३०, सुनबर्षीमा २१, कानेपोखरीमा १७, बुढीगंगामा १२, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, धनपालथानमा ५, उर्लाबारी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, केराबारी र रंगेलीमा १–१ जना संक्रमित थपिएका छन् ।

यस्तै, सुनसरीको इनरुवामा १३७, भोक्राहानरसिंहमा ३९, धरानमा २३, इटहरीमा १७, हरिनगरमा १०, दुहवी र देवानगञ्जमा ८–८, रामधुनीमा ६, बर्जु र बराहक्षेत्रमा ४–४, गढीमा २ र स्थानीय तह नखुलेका १, झापाको बुद्धशान्तिमा ४७, दमकमा २१, विर्तामोडमा २०, कनकाईमा १३, शिवसताक्षी र भद्रपुरमा १२–१२, अर्जुनधारामा ११, कमल गाउँपालिकामा १०, मेचीनगरमा ७, बाह्रदशी र कचनकवलमा ४–४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका ४ र हल्दिबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको शहिदभूमीमा ३०, महालक्ष्मीमा १६, धनकुटा नगरपालिकामा १५, साँघुरीगढीमा २ र स्थानीय तह नखुलेका १, ओखलढुङ्गाको मानेभज्याङमा ५५ र शिद्धिचरणमा १, खोटाङको साकेलामा ३२, खोटेहाङमा ५, संखुवासभाको पाँचखपनमा २९, चिचिलामा २, भोजपुरको षडानन्दमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिमा २, सुर्योदय र चुलाचुलीमा १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका २, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५२ हजार २६८ पुगेको छ । संक्रमित भएका मध्ये आज १८२ जनासहित ३२ हजार ५४३ जना संक्रमण मुक्त भएका छन् । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या १८ हजार ९४१ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button