औषधी व्यवसायीद्वारा वृद्धाश्रमलाई खाद्य र स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले विराटेश्वर वृद्धाश्रमलाई खाद्य र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विराटनगरस्थित आश्रममा बसेका वृद्धवृद्धाहरुका लागि संघले खाद्यान्नलगायतका सामग्री प्रदान गरेको हो ।

निषेधाज्ञाले आश्रममा खाद्यान्न सामग्री अभाव भएपछि संघले १० सिलिण्डर खाना पकाउने ग्यास, खाद्यान्न सामाग्रीका साथै मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिना लगायतका पदाधिकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत संयुक्त रूपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आउनु भएको छ ।

संघले सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका संघ संस्थालाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको हो ।

Back to top button