भ्रामक समाचार प्रकाशन गर्नु खेदजनक : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले भ्रामक, अतिरञ्जित र दुराशययुक्त समाचार प्रकाशन गर्नेहरु कानुनी दायरामा आउन सक्ने भन्दै सचेत गराएको छ ।

विज्ञप्ति जारी गर्दै सर्वोच्चले केहि अनलाईनहरुमा प्रकाशन भएका समाचारहरु भ्रमपूर्ण र कुत्सित मनसाय राखी प्रकाशन भएको उल्लेख गरेको छ । सहप्रवक्ता देवेन्द्र ढकालले जारी गर्नुभएको विज्ञप्तिमा भ्रमपूर्ण, कपोलकल्पित समाचारको भ्रममा नपर्न समेत आग्रह गरेको छ ।

न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन पनि उसले सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

हेरौं विज्ञप्ति

Back to top button