
भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भनेको छ। नयाँ दिल्लीमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियाली रहेको बताउनुभएको छ ।
‘हामीले नजिकबाट नियालिरहेका छौं, त्यो नेपालको आन्तरिक मामिला हो ।’ प्रवक्ता अरिन्दम बागचीले भन्नुभएको छ,‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’
उहाँले छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायीत्वको यात्रामा साथ दिने समेत बताउनुभएको छ ।