कोराना संक्रमित थपिने भन्दा निकोहुने बढी

काठमाडौं । आज कोरोनाको संक्रमितको संख्या थपिने भन्दा निकोहुनेको बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १४ नयाँ संक्रमित थपिँदा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा १९ हजार ३० जनाको नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६ सय ७७ जना र ३२२ जनाको एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ४ सय ९३ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा मात्र १ हजार १ सय ३९ जना छन् । ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

Back to top button