गाणतन्त्र दिवसले समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण उत्प्रेरणा प्रदान गरुन् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसले समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि सबैलाई उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

१४ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रले जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा गणतन्त्र दिवसको अवसरमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधानले ग्यारेण्टि गरेको मौलिक हकको आधारभूत अधिकारको प्रभावकारी कार्यान्वयन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको पालना गर्दै जनताको विजय भएको पर्वका रुपमा गणतन्त्र दिवस मनाउन सन्देशमार्फत अपिल गर्नुभएको छ ।

सन्देशमा नागरिकको सहभागितामा जन्मैले श्रेष्ठता हुने प्रणालीलाई परिवर्तन गरी नागरिक समानता कायम हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता भएको उल्लेख छ ।

‘संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा संस्थागत हुँदै गइरहेको छ,’ सन्देशमा भनिएको छ, ‘गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य¸ सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा उल्लेख छ ।

Back to top button