गणतन्त्र, संविधान र संघीयताको रक्षार्थ सबै शक्ती एकजुट हुनु आवश्यक : शेखर कोइरााला

विराटनगर । कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीको गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघीयता खतरामा परेकोले यसको रक्षार्थ सबै शक्तीलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।

१४ औं गणतन्त्र दिवसको अवसरमा कोइरालले आम नेपालीलाई शुभकामना दिदै गणतन्त्र, संविधान र संघीयताको रक्षाका लागि प्रजातान्त्रिक शक्ति, बुद्धिजिवी, नागरिक समाजलगायत आम नेपालीलाई एकजुट हुनुको विकल्प नभएको बताउनु भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो गतिविधिले मुलुकमा एक पटक पुनः संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संकटमा परेको कोइरालले बताउनुभयो ।

यही संविधानले सर्वसाधारण नेपाली नागरिकका छोराछोरी राष्ट्रको सर्वोच्च पद राष्ट्रपतिमा पुग्ने र आम नेपालीलाई समानताको अधिकार प्राप्त भएकोले यसको रक्षाका लागि सबैलाई एकजुट हुन उहाँले अपिल गर्नुभयो ।

Back to top button