लुम्बिनीमा आज राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्यको उपनिर्वाचन भइरहेको छ । मत परिणाम आजै सार्वजनिक गरिने तयारीका साथ निर्वाचन कार्यालय दाङले प्रदेश राजधानी दाङस्थित कर्मचारी मिलन केन्द्रमा आज बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदान गर्ने समय तोकेको हो ।

उपनिर्वाचनमा एमालेका चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव समुह र राष्ट्रिय जनमोर्चाका तर्फबाट संयूक्त उम्मेदवार दृगनारायण पाण्डेयबीच प्रतिस्पद्र्धा छ । दुबै उम्मेदवारले आ–आफ्नो जीत सुनिश्चितताको दावी प्रस्तुत गर्नुभएको छ ।

प्रदेशसभा सदस्य ८३ र पालिका प्रमुख र उपप्रमुख २१७ गरी कूल ३ सय मतदाताले उपनिर्वाचनमा मतदान गर्दै हुनुहुन्छ । यसअघि माओवादीबाट राष्ट्रियसभा सदस्य भएका खड्का एमालेमा प्रवेश गरेपछि माआवादीले कारवाही गरेको थियो । माओवादीको कारवाहीपछि रिक्त पदका लागि निर्वाचन हुँदै छ ।

Back to top button