प्रदेश १ र २ सँग सीमा जोडिएको भारतको विहारमा खुकुलो पार्दै ८ जुनसम्म लकडाउन थपियो

विराटनगर । प्रदेश १ र २ सँग सीमा जोडिएको भारतको विहार सरकारले लकडाउन खुकुलो बनाउँदै लगेको छ । जुन ८ तारेखसम्म लकडाउन लम्ब्याएका विहार सरकारले बजार पसल र सरकारी सेवा सुचारु गर्न थालेको हो ।

यसअघि अत्यावश्यक सेवा मात्रै आएका सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर पूरै समय कार्यालय सञ्चालन गर्ने विहार सरकारले व्यवस्था गरेको छ । यसअघि कडाई गरिएको बजार पसल अब दिउँसो २ बजेसम्म खोल्ने व्यवस्था गरिएको विहारका मुख्यमन्त्री नीतिसकुमारले बताउनुभएको छ ।

कोरोना संक्रमण दर घट्दो क्रममा रहेको विहारमा ५ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भइसकेको छ । हालसम्म ७ लाख ५ हजारभन्दा बढी संक्रमित रहेको विहारमा ६ लाख ८२ हजार बढी संक्रमित निको भएर घर फर्किसक्नुभएको छ ।

Back to top button