रतुवामाइमा एक पुरुषको शव फेला

विराटनगर । रतुवामाइ नगरपालिका २ यादवटोल नजिक एक पुरुषको शव फेला परेको छ । २५–३० वर्ष उमेरका मृतक पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

स्थानीयले आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दशगजाबाट डेढ सय मिटर उत्तर गाउँ नजिक शव फेला परेकोले मृतक भारतीय हो वा नेपाली पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

घटना शंकास्पद रहेकोले सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

Back to top button