यसकारण अन्तरास्ट्रिय डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाको जित सुनिश्चित

दोलखा । सामाजिक संस्थाहरुमध्ये विश्वमा सबैभन्दा ठूलो संस्था लायन्स क्लव अन्तराष्ट्रियमा नेपालबाट अन्तराष्ट्रिय डाइरेक्टरमा एक जनाले उम्मेदवारी दिन पाउने भएको छन ।

नेपालमा हालसम्म चार वटा डिष्टीक रहेका छन । चार डिष्टीकबाट चयन भएर आएका मध्यबाट लायन्स क्लव अन्तराष्ट्रिय मल्टीपल ‘३२५’ बाट एक जना चुनिएर जानु पर्ने लायनको अन्तराष्ट्रिय मान्यता रहेको छ ।

सोहि मान्यता अनुसार सन २०१४ र १५ मा अन्तराष्ट्रिय निर्देशकमा लायन्स क्लव अन्तराष्ट्रिय ‘३२५ बि’ बाट लायन्स संजय खेतानले प्रतिनिधित्व गरि सकेका छन । त्यहि समयमा भएको लायन्स लिडरहरुको भद्र सहमित अनुसार, यस पटक लायन्स खगेन्द्र सिटौला लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ए १ बाट प्रतिनिधित्व गर्ने सहमति भएको बुझिन आएको छ ।

लायन्स क्लव अन्तराष्ट्रिय ‘३२५ ए २’ बाट लायन्स शम्भु घिमिरे र्निविरोध निर्वाचित भए पनि मल्टीपलमा घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएर अन्य उम्मेदवारलाई मार्ग प्रशस्त गरेका छन ।

घिमिरेको उम्मेदवारी फिर्तासँगै अन्तराष्ट्रिय डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाको जीत सुनिश्चीत भएको लायन भरत प्रसाईले बताएका छन ।
लायन खगेन्द्र सिटौटालाई लायन क्लव अन्तराष्ट्रिय ‘३२५ ए २’ का सबै क्लवहरुको समर्थन रहेको छ । साथै उनलाई नेपालमा भएका चारबटै डिष्टीकहरुले मतदान गर्ने तयारी गरिरहेको पनि बुझिन आएको छ ।

लायन्स क्लव अफ नेपाल जोर्नालिष्टका लायन योगेन्द्रप्रताप र यज्ञबहादुर ढकालले लायन खगेन्द्र सिटौलालाई अत्याधिक मतले विजय गराउन सबै मतदाताहरुमा जोडदार माग गरेका छन । साभार : nepalijanta.com बाट

Back to top button