दरबार हत्याकाण्डको २० वर्ष पूरा, खुलेन रहस्य

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्डको आज २० औं वर्ष पूरा भएको छ तर राज्यको सबभन्दा कडा सुरक्षा भएको दरबार हत्याकाण्डको हालसम्म रहस्य खुल्न सकेको छैन । तत्कालिन राजा वीरेन्द्र शाह र उहाँको बंशजको २०५८ जेठ १९ गते साँझ दरवारभित्रै हत्या गरिएको थियो । त्यसको सत्यतथ्य हालसम्म सार्वजनिक हुन सकेको छैन ।

तत्कालिन प्रधानन्यायाधिसको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले युवराज दिपेन्द्रले परिवारका सबै सदस्यलाई हत्या गरेर पछि आफूलाई पनि गोली हानेर आत्महत्या गरेको प्रतिवेदन दिएको थियो । उक्त प्रतिवेदन तत्कालिन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गर्नुभएको थियो तर हालसम्म आम नेपालीले त्यो प्रतिवेदनमा भएको तथ्या स्विकारेको छैन ।

पूर्व राजा ज्ञानेन्द्रको सक्रीयता बढेपछि सरकारीस्तरबाटै दरबार हत्याकाण्डको छानबिनको माग उठ्ने गरेको तर त्यतिकै सेलाएर जाने गरेको छ । हालसम्म त्यसको स्वतन्त्र अनुसन्धान हुन सकेको छैन ।

नारायणहिटी दरबारमा आयोजित राजकीय भोजमा सहभागी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कालगायत अन्य राजपरिवारका सदस्यहरूको गोली हानी हत्या गरिएको थियो ।

Back to top button