कार्यकारिणी समितिको निर्णय बुझाउन निर्वाचन आयोगद्वारा जसपा अध्यक्ष ठाकुरलाई पत्राचार 

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकृुरलाई निर्वाचन आयोगले अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई कारबाही गरेको कार्यकारिणी समितिको निर्णय बुझाउन पत्राचार गरेको छ ।

अध्यक्ष ठाकुरले यादव र भट्टराईलाई पार्टीबाट निस्कासन गरेको पत्र आयोगमा पठाउनुभएको थियो । तर पत्रसँगै कारबाही गरेको कार्यकारिणी समिति सदस्यहरुले हस्ताक्षर गरेको निर्णय नपठाएकाले पत्राचार गरेको हो ।

यादव पक्षले अध्यक्ष ठाकुरसहित बरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयले पार्टीबाट निस्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ ।

ठाकुरले बहुमत कार्यकारिणी समितिको हस्ताक्षरसहितको पत्र आयोगमा बुझाउन नसके यादवले निस्कासन गरेको कारबाही आयोगले सदर गर्ने छ ।

Back to top button