विश्वकप र एशियनकप छनौट खेलमा नेपाल ताईपेईसँग भिड्दै

विराटनगर । नेपालले विश्वकप २०२२ र एशियनकप २०२३ को छनोट खेलमा आज चाइनिज ताईपेईसँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलीया, कुवेत, जोर्डन र चाईनिज ताईपेई सम्मिलित समूह बीमा रहेको नेपालको लक्ष्य सोझै एशियाकपको अगामी चरणको छनोट खेल्ने हो ।

यसका लागि आज हुने चाईनिज ताईपेईसँग खेल महत्वपूर्ण रहेको छ । खेल नेपाली समयअनुसार बेलुकी पौने १० बजे कतारमा कुवेतमा हुनेछ । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताईपेईविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताउनुभएको छ ।

उहाँले आजको खेल जित्दै एशिया कपको तेस्रो चरणको छनोट खेल्ने अवसर कायम राख्ने विश्वास ब्यक्त गर्नुभएको छ । नेपालका खेलाडी युवा र प्रतिभावान् रहेकाले पनि आजको खेलमा जीत निकाल्ने उहाँको विश्वास छ । यसअघिको लिग खेलमा ताईपेईसँग २–शुन्यले नेपाल विजयी भएको थियो ।

एशिया कपको छनोट चरणमा ४० देश सहभागी छन् । ४० देशलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सिधैं एशियाकपमा छनोट हुनेछ भने दोस्रो भएका आठ टोलीमध्ये उत्कृष्ट चार पनि सिधैं एशियाकपमा छनोट हुनेछन् । यसरी १२ देश दोस्रो चरणबाटै एशियाकपमा छनोट हुनेछन् । थप १२ टीमका लागि पुन तेस्रो चरणको छनौट खेलहरु हुनेछन् ।

Back to top button