कर्णाली प्रदेश सरकारमा कांग्रेसको ‘इन्ट्री’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले दुई महिनापछि सरकारमा ‘इन्ट्री’ गर्ने तयारी गरेको छ ।

कांग्रेसले दुई वटा मन्त्री लिएर सरकारमा जाने निश्चित भएको तर मन्त्रीमा को को जाने विषयमा छलफल भइरहेको कांग्रेसका एक नेताले बताउनुभयो ।

यता मुख्यमन्त्री शाही निकट एक नेताले आज साँझ बोलाइएको मन्त्रिपरिषद बैठकले नै सामाजिक विकास र जलस्रोत तथा उर्जा मन्त्रालयमा कांग्रेसको दुई जना मन्त्री नियुक्त गरेर भोली सपथ ग्रहण गराउने तयारी रहेको जानकारी दिनुभयो ।

कांग्रेसका एक नेताका अनुसार यज्ञबहादुर बिसीलाई सामाजिक विकास र दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा उर्जामन्त्रीमा पठाउने गरी आन्तरिक छलफल भइरहेको छ ।

Back to top button