उर्लाबारीमा युवा समूहद्वारा राहत वितरण

विराटनगर । उर्लाबारीका युवाहरुले उर्लाबारी नगरपालिकाको बिभिन्न वडामा कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले रोजगारी गुमाएका विपन्न, गरिव परिवारलाई आज राहत वितरण गरेको छ ।

उक्त वडाका १ सय ३८ परिवारलाई राहत वितरण गरिएको युवा अभियन्ता योगराज कार्कीले बताउनुभयो । वडा कार्यालयले सिफारिस गरेका व्यक्तिहरुलाई राहत वितरण गरेको उहाँले बताउनु भयो ।

वडा ७ मा १ सय ३८, वडा ६ मा १ सय ५० जना र वडा ५ मा १ सय ३७ परिवारलाई राहत वितरण गरेको उहाँले बताउनुभयो । प्रत्येक परिवारलाई १० किलो चामल , १ किलो दाल , १ किलो नुन, तेल र साबुन वितरण गरेको युवा अभियन्ताहरुले बताउनुभयो ।

Back to top button