अमेरिकाद्वारा नेपाललाई खोप उपलब्ध गराउने घोषणा

काठमाडौं । अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा नेपाललगायतका १६ एसियाली मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

अमेरिकाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डलाई खोप उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

यी मुलुकहरुलाई अमेरिकाले आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डना खोप वितरण गर्न लागेको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराइदिन अमेरिकी समकक्षी जो बाइडेनलाई पत्रमार्फत अनुरोध गर्नुभएको थियो ।

Back to top button