
झापा । बिर्तामोड नगरपालिका ९ धौलापुरबाट ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ परेको छ । अर्जुनधारा नगरपालिका ५ का ३० वर्षीय पशुपती राजवंशी, २८ वर्षीय दिपक चौधरी र १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को३प १५३६ नम्बरको मोटरसाइकलमा आएका तीनै जनालाई शंका लागेर चेकजाँच गर्दा १ ग्राम ब्राउनसुगर बरामद भएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी झापाले जनाएको छ ।