कोरोना संक्रमणको ‘चेन ब्रेक’ का लागि टोलटोलमा एन्टिजेन परीक्षण

सुनसरी । इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेकका लागि टोलटोलमा एन्टिजेन परीक्षण सुरु गरेको छ ।

उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले हालसम्ममा वडा २, ३, ४, १२, १४ र १९ मा समुदायस्तरमै एन्टिजेन परीक्षण गरेर संक्रमित पत्ता लगाइसकिएको बताउनुभयो ।

‘अहिले टोलटोलमा धेरै जना बिरामी भएको जानकारी आएपछि समुदायस्तरमा परीक्षण सुरु गरेका छौं,’ उहाँले भन्नुभयो, ‘पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरु मापदण्ड अनुसार भएकालाई होमआनइसोलनमा र नहुनेलाई आइसोलेसन सेन्टरमा व्यवस्थापन गरिरहेका छौं ।’

होमआइसोलेसनमा बस्नेलाई आवश्यक औषधी दिएर स्वास्थ्यमा समस्या परेको बेला पैसा नलाग्ने स्वास्थ्यकर्मी तथा चिकित्सकको हटलाइन नम्वरमा सम्पर्क गर्न सिकाएको उहाँले बताउनुभयो ।

होमआइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाको बारेमा र स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरुले निगरानी गरे नगरेको बारे घरघर पुगेर नियमित अनुगमनसमेत प्रमुख चौधरीले गर्दै आउनुभएको छ ।

यसका साथै इटहरी रंगशालामा विहान ८ वजेदेखि १० वजेसम्म निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकनको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो ।

इटहरी अस्पतालका विज्ञ चिकित्सकहरुसँग होमआइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको जुममार्फत छलफल गर्ने व्यवस्थासमेत गरेको चोधरीले बताउनुभयो ।

उपमहानगरका संक्रमित बिरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तयारी अवस्थामा रााखिएको उहाँले बताउनुभयो । उपमहानगरले इटहरी रंगशालामा ५० वेडको अक्सिजन सहितको आइसोलेसनसमेत सञ्चालन गरेको छ ।

Back to top button