प्रदेश १ मा ९९३ संक्रमण मुक्त, ८५१ थपिए

विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ ।

प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, सुनसरीमा १९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा १०५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा १९, हल्दिबारीमा १७, दमक र भद्रपुरमा १४–१४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका ४ जननामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा १४७, सुन्दरहरैचामा ३५, रतुवामाईमा १९, उर्लाबारीमा १२, बुढीगंगामा ११, बेलबारीमा ८, कटहरीमा ५, धनपालथानमा ४, मिक्लाजुङ, रंगेली र जहदामा ३–३, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, कानेपोखरी, ग्रामथान र लेटाङमा १–१ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ७०, धरानमा ५०, इनरुवामा ४६, बराहक्षेत्रमा १०, देवानगञ्जमा ७, दुहवीमा ६, रामधुनी, बर्जु र स्थानीय तह नखुलेका २–२, गढी र भोक्राहानरसिंहमा १–१. जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगामा २५, चौदण्डीगढी र उदयपुरगढीमा १–१, इलामको चुलाचुलीमा २, इलामनगरपालिका, सुर्योदय, देउमाई र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ ।

धनकुटाको छथरमा २, पाख्रिवास र चौवीसेमा १–१, भोजपुरको अरुण, षडानन्द, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ७२८ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button