ज्ञवालीको परराष्ट्रमन्त्रीमा कमाइ साढे सात लाख रुपैयाँ, २ सय किताब

काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मन्त्री पदमा बसेर ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा आर्जन गर्नुभएको छ । उहाँ पदमुक्त भएपछि सामाजिक सञ्जालमार्फत मन्त्री भएर गरेको आम्दानी र खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफ्नो बैंक खातामा रहेको उक्त रकम, केही घरायसी सामान र २ सय किताब बाहेक सम्पति विवरणमा कुनै वृद्धि नभएको सार्वजनिक गर्नु भएको छ ।

उहाँले मन्त्री हुँदा विदेश भ्रमण वापतको लेबि ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी कूल ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा गरेको बताउनुभयो ।

पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला गरेको ज्ञवालीले सार्वजनिक गर्नु भएको छ ।

उहाँले पुलचौकस्थित सरकारी निवास आज छोड्ने र गाडीलगायतका सम्पूर्ण सामग्री मन्त्रालयलाई फिर्ता गरिसकेको बताउनुभएको छ ।

Back to top button