यस्तो छ, तीन दिनको मौसम पूर्वानुमान

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहने जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गर्दै तीन दिनको मौसम पूर्वानुमान गरेको छ ।

तीन दिनको मौसम पूर्वानुमान अनुशार आज दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहने र देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको हुन सक्ने छ ।

आज राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ भने, प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै भोली दिउँसो प्रदेश १ लगायतका प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ।

सोमबारको मौसम पूर्वानुमान भने दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सोमबार राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ।

Back to top button