राजनीतिक स्वार्थपुर्तिका लागि शिक्षकलाई उपयोग गर्ने दाउमा अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विद्यालयमा बालबालिकालाई पढाउने दायित्व बोकेका शिक्षकलाई राजनीतिक स्वार्थपुर्तिका लागि उपयोग गर्ने रणनीतिमा लाग्नुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटनपछि दाहालले बालबालिकालाई पढाउने दायित्वबाट बञ्चित गरेर शिक्षकलाई संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पुर्‍याउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष दाहालले शिक्षक वर्गलाई रिझाउन शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने आश्वासन दिनुभयो ।

माओवादी जनयुद्धलाई समर्पणवादमा उत्सर्ग गर्नुभएको उहाँले नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी रहेको बताउनुभयो ।

दाहालले समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलन आवश्यक भएको बताउनुभयो । कामचलाउ सरकारले संवैधानिक व्यवस्था विपरित मन्त्रिपरिषद विस्तार गरेको प्रति दाहालले आपति जनाउनुभयो ।

Back to top button