कर्णाली सरकारमा कांग्रेसद्वारा बिसी र श्रेष्ठलाई पठाउने निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस संसदीय दलले यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठलाई पठाउने औपचारिक निर्णय गरेको छ । बिसीलाई सामाजिक विकासमन्त्रीमा र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकासमन्त्रीमा पठाउने निर्णय गरेको हो ।

कांग्रेसले दुबै जनाको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिफारिस गरिसकेको एक नेताले बताउनुभयो । आज साँझ बस्ने मन्न्त्रिपरिषद बैठकले दुबै जनालाई मन्त्रीमा नियुक्त गरी सपथग्रहण गराउने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Back to top button