मिर्चैयामा अज्ञात समूहको गोली प्रहारबाट औषधी व्यवसायी घाइते

सिरहा । मिर्चैया नगरपालिका ५ मा अज्ञात समूहको गोली प्रहारबाट एक औषधी व्यवसायी घाइते हुनुभएको छ । स्थानीय सिद्धी मेडिकल हलका सञ्चालक ४० वर्षीय रामसागर साफी घाइते हुनुभएको हो ।

गएराती ८ बजेतिर पसलमा बसिरहेको बेला उहाँमाथि दुई राउण्ड गोली प्रहार भएको इलाका प्रहरी मिर्चैयाले जनाएको छ । हात र तिघ्रामा गोली लागेर घाइते उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताउनुभयो ।

गोली प्रहार कसले र किन गरेको लगायत विषयमा अनुसन्धान भइरहेको पाण्डेले बताउनुभयो ।

Back to top button