एयरपोर्ट रोडमा भएको दुर्घटनापछि फरार चालक पक्राउ

विराटनगर । तीनदिन अघि बेलुका विराटनगर एयरपोर्ट सडकमा भएको दुर्घटनापछि फरार रहेका सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर–५ बरगाछिका २४ वर्षीय रविन सिंह कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीलाई आज अपरान्ह ४ बजे विराटनगर भट्टाचोकबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । उहाँका अनुशार पक्राउ परेका कार्की विरुद्ध सवारी ज्यानू कसुरमा थप अनुसन्धान भई रहेको छ ।

२० जेठ, बेलुका एयरपोर्ट सडक खण्डको नहर चोकमा कार्कीले चलाएको प्र.३–०१–०२२ च २१३९ नम्बरको कारले सोहि ठाउँ नजिकै रहेको न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत पैदलयात्री मजदुर दुईजनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परि मोरङको कटहरी –२ का २७ वर्षीय रामकुमार राजबंशी र भारतको कटियार घर भई सोही उद्योगमा काम गर्ने ३५ वर्षीय मुकेश शर्मा दास गम्भिर घाइते हुनुभएको थियो ।

घाइते दासको सोहि दिन उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो । अर्का घाइते राजवंशीको सोहि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button