विश्वकप–एशियाकप छनौटमा आज नेपालले जोर्डनसँग खेल्दै

काठमाडौं । विश्वकप– एशियाकप छनौट प्रतियोगितामा आज नेपालले जोर्डनसँग खेल्दैछ । आज राति नेपाली समय अनुशार ९ : ४५ बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा खेल हुनेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डन विरुद्धको खेलका लागि नेपाली फुटबल टोली तयार रहेको बताउनुभएको छ । जोर्डन नेपालभन्दा माथिल्लो स्तरको टोली भए पनि नेपालले आजको खेलमा जितको लक्ष्य लिएर मैदानमा उत्रने उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘हाम्रो लक्ष्य एशियाकपमा छनौट हुनु हो, त्यसका लागि नेपाललाई जोर्डनविरुद्ध जित आवश्यक छ ।’

गत साता ईराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले आफूभन्दा १०३ स्थान माथिल्लो स्थानमा रहेको टीमलाई पनि शुरुवातको समयमा १ का विरुद्ध २ गोल गर्दै अग्रता कायम गरेको थियो । यद्यपी खेल सकिदा नेपाल ६–२ को गोल अन्तरले पराजित भयो ।

मैत्रीपूर्ण खेलपछि छनौट प्रतियोगिताका लागि कुवेत पुगेको नेपालले गत बिहीबार चाइनिज ताइपेइलाई शुन्यका विरुद्ध २ गोल गर्दै उच्चस्तरको प्रदर्शन गर्‍यो ।

Back to top button