सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भोली विश्वासको मत लिदै

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि विश्वासको मत लिदै हुनुहुन्छ । उहाँले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता गराउनुभएको थियो ।

मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारको समर्थन जेठ १० गते एमाले स्थायी कमिटी बैठकको निर्णयले फिर्ता लिने निर्णय गरेको थियो । तर सुदूरपश्चिम प्रदेशका एमाले संसदीय दलले समर्थन कायमै राखेको छ ।

Back to top button