भारततर्फ अबैध चोरी निकासी गर्न लागेको ठूलो परिमाणको मदिरा बरामद

मोरङ । जहदा गाउँपालिका १ बुधनगरस्थित खाली जग्गामा भारततर्फ अबैध चोरी निकासी गर्न राखेको ४ लाख ९० हजार मूल्य बराबरको मदिरा प्रहरीले आज बरामद गरेको छ ।

को३२प ९५२१ र को२०प ८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी बेवारिसे अबस्थामा राखेको दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १ हजार ९ सय बोतल बरामद भएको जिल्ला प्रहरी मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो ।

बरामद मदिरा र सवारी साधन आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको उहाँले बताउनुभयो ।

Back to top button