भारतीय प्रधानमन्त्री मोदीको घोषणा : १८ देखि ४४ वर्ष उमेरका युवालाई निःशुल्क खोप

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षदेखि ४४ वर्षका युवाहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रको नाममा संवोधन गर्ने क्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

राज्य सरकारहरुले अहिले चलाइरहेको खोप अभियान रोकेर अब केन्द्र सरकारले २१ जुनबाट निःशुल्क खोप अभियान सञ्चालन गर्ने मोदीले घोषणा गर्नुभयो । उहाँले खोपका लागि राज्य सरकारले खर्च गर्न नपर्ने र त्यसको सम्पूर्ण खर्च केन्द्र सरकारले व्यवस्थापन गर्ने बताउनुभयो ।

भारतमा अब ७५ प्रतिशत केन्द्र सरकार र २५ प्रतिशत निजी क्षेत्रले कोरोनाविरुद्धको खोपको खर्च व्यवस्थापन गर्ने भएको छ ।

Back to top button