६ हजार ५ सय ७० जना कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा आज ५ हजार १ सय ५३ संक्रमित थपिँदा ६ हजार ५ सय ७० जना निको भएर घर फर्केका छन् ।

हालसम्म संक्रमण निको भएर घर फर्किनेको संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मुलुकभरि १७ हजार ६७६ जनाको परीक्षण गरिएको थियो ।

हाल नेपालभरि संक्रिय संक्रमितको संख्या ९० हजार ८ सय ३४ रहेको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

Back to top button