विदेशी लगानी भित्र्याउन पूर्व स्विकृति लिनु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण नियमावली २०७८ जारी गरी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।

अब विदेशी लगानी स्वीकृति गर्ने निकायबाट लगानीको स्वीकृति प्राप्त गरेपछि विदेशी लगानीकर्ताले राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु पर्दैन ।

लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्र्याउन वा पठाउनु पूर्व लिखित जानकारी भने राष्ट्र बैंकलाई दिनु पर्नेछ ।

Back to top button