
काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षाको प्रयोगात्मक अंक जेठ मसान्तभित्रमा सम्बन्धित परीक्षा नियन्त्रक कार्यालयमा पठाउन क्याम्पसहरूलाई निर्देशन दिएको छ।
त्रिविले आज सूचना जारी गर्दै अझै केहि क्याम्पसहरूले प्रयोगात्मक अंक नपठाएको जनाउँददै जेठ मसान्तसम्मको समय दिएको हो । निर्धारीत समयमा पनि प्रयोगात्मक अंक नपठाए परीक्षार्थीलाई सामेल नगराइने त्रिविले जनाएको छ ।
त्यस्तै,स्नातक तहको वार्षिक प्रणालीको प्रथम वर्षको परीक्षाको अनलाइन फाराम भर्नेमा रजिष्ट्रेसन नम्बरले समस्या देखिएको भन्दै भोलिदेखि रजिष्ट्रेसन नम्बर नराखी भर्न मिल्ने व्यवस्था गरेको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।