जंगली च्याउ खाएर दुई जनाको मृत्यु, तीन जना बिरामी

इलाम । सन्दकपुर गाउँपालिका १ खोलाघारीमा जंगली च्याउ खाएर दुईजनाको मृत्यु भएको छ । तीन जना बिरामी छन् । स्थानीय ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो ।

जंगलबाट टिपेर ल्याएको च्याउ खाएर जेठ २२ गते बिरामी परेका परिवारका ४ जनामध्ये उपचारको क्रममा झापाको बिएण्डसी अस्पतालमा दुबै जननाको मृत्यु भएको जिल्ला प्रहरी इलामले जाएको छ । दुईको जनाको उपचार भइरहेको प्रहरीले जनायो ।

यस्तैm इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई, उनकी श्रीमती ३२ वर्षीय बिष्णुकुमारी राई पनि जंगली च्याउ खाएर बिरामी भएका छन् । उहाँहरुको पनि बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Back to top button