कर्मचारीले घर र ससुराली भएको जिल्लामा पर्यटन काज बिदा लिन नपाइने

काठमाडौं । सरकारले बजेटमार्फत आर्थिक वर्ष २०७८–०७९ मा आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउन ल्याएको पर्यटन काज बिदा घर र ससुराली भएको जिल्लाका लागि लिन नपाउने व्यवस्था गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।

गत वर्ष कर्मचारीहरुले घर र ससुरालीमा बसेर चिनजानका होटल व्यवसायीबाट बील लिएर रकम दुरुपयोग गरेकाले यस वर्ष अन्य जिल्ला रोज्नु पर्ने व्यवस्था गर्न माग गरेको हो ।

सरकारले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले के के शर्त राखेर भ्रमण काज बिदा दिने बारे कार्यविधि निर्माण भइनसकेकोले यसलाई प्रभावकारी बनाउन सबैको सल्लाह सुझाव लिने प्रतिबद्धता जनाएको छ ।

Back to top button