मोरङको केराबारीबाट हतियारसहित दुईजना पक्राउ

विराटनगर । मोरङ प्रहरीले जिल्लाको केराबारी गाउँपालिका वडा नं. ९ देवीझोडाबाट दुईजनालाई पक्राउ गरेको छ । स्थानीय ५१ वर्षीय गणेश लिम्बु र बेलबारी –२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुशार गणेश लिम्बुको घरमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खानतलासी गर्दा भान्सा कोठाबाट एउटा कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान, पेस्तोलको गोली १ थान बरामद भएको छ ।

यस्तै सोहि घरको आँगनमा पार्क गरिराखेको लालभित्तिका पदमकुमार लिम्बुको को १ च ८३६८ नं को कारमा खुकुरी १ थान, चक्कु १ थान समेत फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुशार नियन्त्रणमा लिइएका दुवैजनालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट हातहतियार तथा खरखजना कसूरमा थप अनुसन्धान भईरहेको छ ।

Back to top button