कांग्रेस सभापतिको आग्रह : शंका नगर्नुस्, भदौमा महाधिवेशन हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन हुन्छ कि हुदैन भनेर शंका नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ,’२०७८ भदौमा पार्टीको १४ औं महाधिवेशन हुन्छ, यसमा म पूर्ण प्रतिबद्ध छु ।’

आज विज्ञप्ति जारी गर्दै सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बताउनुभएको छ । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्रै नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान रहेको उल्लेख गर्दै सभापति देउवाले पार्टीको जीवन्तताको लागि महायज्ञ रहेको समेत बताउनुभएको छ ।

उहाँले कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले महाधिवेशनका विषयमा भ्रम छर्ने र भ्रममा पर्ने नभई सवै मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

हेरौं सभापति देउवाले जारी गर्नुभएको विज्ञप्ति

Back to top button