राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उहाँहरुबीच हिजो बेलुका भेटवार्ता भएको हो । बेलुका साढे सात बजे शितलनिवास प्रवेश गर्नुभएका प्रधानमन्त्री करिब १० बजेतिर बाहिरिनुभएको थियो ।

सर्वोच्च अदालतले लिखित आदेश माग गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुग्नुभएको हो । अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको बताइएको छ।

संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न हिजो सर्वोच्चले आदेश दिएको छ।

Back to top button