प्रदेश १ सहित ४ वटा प्रदेशमा आज नीति तथा कार्यक्रम आउँदै

विराटनगर । प्रदेश १ सरकारले आज आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । प्रदेश १ सँगै प्रदेश २, बागमती र सुदुरपश्चिम सरकारले पनि आजै नीति तथा कार्यक्रम ल्याउँदै छन् ।

प्रदेश १ सभामा आज दिउँसो ३ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रदेश नम्बर २ सभामा दिउँसो २ बजे प्रदेश प्रमुख राजेश झा, बागमती प्रदेशसभामा दिउँसो साढे ३ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई र सुदुरपश्चिम प्रदेशसभामा दिउँसो ४ बजे प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयहरुले जनाएको छ ।

Back to top button