बीएण्डसीलाई दिन लागेको सम्बन्धनको विरोधमा उत्रेकाहरु पक्राउ

काठमाडौं । झापाको विर्तामोडस्थित बीएन्डसी अस्पताललाई अवैध रुपमा चिकित्सा शास्त्र अध्ययनका लागि सम्बन्धन दिन लागेको भन्दै विरोधमा उत्रेका डा. गोबिन्द केसी एलायन्स ग्रुपलाई प्रहरीले आज पक्राउ गरेको छ ।

काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । एलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशिविक्रम कार्कीलाई पक्राउ गरेको छ ।

Back to top button