ढल्यो गण्डकी प्रदेशको सरकार, होला नयाँ सरकार गठन ?

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वास गुमाएसँगै गण्डकी प्रदेश सरकार ढलेको छ । के अब नयाँ सरकार गठन होला ? की मध्यावधी निर्वाचनमा जाला ? भन्ने शंका उब्जिन थालेको छ ।

तर यो निर्णय स्वतन्त्र प्रदेशसभा सदस्य दिपक मनाङ्गेको मतमा निर्भर रहेको छ । मनाङ्गेले कांग्रेसलाई समर्थन गर्नुभयो भने सरकार गठन हुने निश्चित छ ।

प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएका हुनुभएको छ । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो ।

प्रदेशसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो ।

Back to top button