सर्वोच्चको आदेशमा रोकियो नागरिकतासम्बन्धी अध्यादेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएसँगै अध्यादेश रोकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता जस्तो महत्वपूर्ण विषयमा संसदबाटै कानुन बनाउनुपर्नेमा अध्यादेशमार्फत अघि बढाउन खोजेकोले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सहभागी न्यायाधीशहरू दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले यस्तो आदेश दिनु भएको छ ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ :

Back to top button