स्व .पशुपति चौंलागाँई प्रतिष्ठानको स्थापना गरिने

सुजन काफ्ले
दोलखा। नेकपा (एमाले) का नेता स्व.पशुपति चौलागाईंको स्मृतिमा पशुपति चौलागाईं प्रतिष्ठानको स्थापना गरिने भएको छ।
पशुपति जस्तै सालिन, भद्र नेता वाग्मती प्रदेशका प्रदेशसभा सदस्य स्व.चौलागाईंको मृत्युु भएको महिना दिनको पुन्य तिथिमा उनका छोरा सुमन चौंलागाँई संयोजक रहने गरि ” पशुपति चौंलागाँई प्रतिष्ठान” ( Pashupati Chulagain Foundation) को स्थापना गरिने भएको हो।

स्वर्गीय चौलागाईं भाइ हेमन्त चौलागाईंले सामाजिक सन्जाल फेसबुक मार्फत स्व.चौलागाईंले समाजलाई पुर्याउनु भएको योगदानलाई युगौं युगसम्म चीर स्थायी राख्न र उहाँले हिड्नु भएको बाटोलाई अझ फराकिलो र मजबुत बनाउदै देखेका सपनाहरु साकार पार्न संगठित हिसावले केहि गर्ने अभिलासाका साथ प्रतिष्ठानको स्थापना गरिएको बताउनुभएको छ।
प्रतिष्ठान मार्फत स्व. चौलागाईंले अंगाल्दै आउनु भएको राजनीतिक विचारधाराको सुदृढिकरण, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, उद्यमशिलता जस्ता कृयाकलापहरु अगाडि बढाईने बताइएको छ।
प्रतिष्ठानको साँगठानिक संरचना लगाएतका विषयमा केहि दिनमानै छलफल अगाडि बढाउने स्व. चौलागाईंका भाइ हेमन्त चौलागाईंले बताउनु  भएको छ । केहि दिनदेखिको महत्वपुर्ण सरोकारवाला व्यक्तिहरु संगको छलफल र सल्लाहका अधारमा आज बाट घोषणा गरिएको चौलागाईंले बताउनुभयो

यसको लागि सम्पुर्ण पक्षमा सहयोग र साथ पाउने अपेक्षा लिएका चौलागाईं परिवारले जनाएको छ।प्रतिष्ठान मार्फत तत्काल, मध्यकाल र दीर्घकालमा गरिने योजनाका बारेमा केहि सोचाईहरु अर्थात खाकाहरु तयार पारिएको परिवारले जनाएको छ । चौलागाईं परिवारले प्रतिष्ठान मार्फत गरिने कामको लागि सम्बन्धित सबैबाट सकारात्मक र प्रत्यक्ष सहयोग मिल्नेछ भन्ने आसा र विश्वास गरेको छ।

Back to top button