बालुवाटारअघि प्रदर्शनमा उत्रिएका नागरिक अगुवा प्रहरी नियन्त्रणमा

काठमाडौं । सरकारले निजी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै बालुवाटार अघि प्रदर्शन गर्न पुगेका नागरिक अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो निजी मेडिकल कलेजलाई सम्बन्धन दिन खोजेको भन्दै वृहत् नागरिक आन्दोलनले आज बालुवाटारमा विरोध प्रदर्शन गरेको हो ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने नागरिक अगुवाहरुको माग छ । सरकारले कानुन मिचेर झापाको वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपछि आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई छ ।

प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उत्रिएका पत्रकार नारायण वाग्ले, सञ्जिव उप्रेतीसहित ८ जनालाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको छ ।

Back to top button