जेसीबी बोकेको ट्रकमा करेन्ट लाग्दा ट्रकमा सवार २ जनाको मृत्यु, २ जना घाईते

विराटनगर । सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमानेमा जेसीबी बोकेर पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा बिद्युतको तारमा ले छुँदा करेन्ट लागेर २ जना मृत्यु भएको छ । २ जना घाईते भएका छन् ।

ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका– ५ का २६ वर्षीय भूमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजाका २३ वषीय राम परीयारको मृत्यु भएको हो ।

ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ वर्षीय बसन्त पौडेल र राम परियारकी श्रीमती २० वर्षीया लिला परियार घाइते हुनुभएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Back to top button