गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । उहाँले नयाँ सरकार गठनका लागि बहुमतको आधार प्रस्तुत गर्न सांसदहरुलाई आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेशसभामा हिजो विश्वास गुमाएपछि विपक्षी गठबन्धनका कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी गरेको छ ।

Back to top button