नेपालमा मनसुन सुरु

विराटनगर । प्रदेश १ मा प्रवेश भएर नेपालमा आज (शुक्रबार) देखि मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर बंगालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज  प्रदेश १ मा मनसुन प्रवेश भएको जनाएको छ ।

प्रदेश १ सँगै प्रदेश २ र वागमती प्रदेशमा पुगिसकेको मनसुन २–४ दिनमै देशभरि पुग्ने बुलेटिनमा उल्लेख छ । अर्को साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरुमा भारी तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Back to top button